
काठमाडौं/ जय किसन बस्नेतको छोरी जान्हवी बिरामी भएर काठमडौँको सिभिल हस्पिटल पुग्दा डाक्टरले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । जान्हवीलाई इमरजेन्सी वार्डमा राखिएकोमा त्यहाँ रहेका डाक्टरले बिरामीलाई कुटेको बुवा जय किसनले बताएका छन् ।
बिरामीले दुख्यो भनेर कराउदा डाक्टरले पिटेको बस्नेतले सुनाउनुभयो । हातमा राखेको पाईप समेत थुतेर बिरामीलाई गालीगलौज गरेको जय किसनले बताए । यतिमात्र नभएर अस्पतालमा उपचार नहुने भन्दै उपचार नगरिएको पनि पीडित पक्षले बताएका छन् । सार्वजनिक व्यक्तिलाई यस्तो व्यवहार हुन्छ भने सामान्य व्यक्तिलाई अस्पतालले कस्तो व्यहार गर्लान् भने जय किसनले गुनासो पोखे । बस्नेत परिवार नेपाली फिल्म क्षेत्रका चर्चित पारिवारिक घराना हुन् ।


