काठमाडौं/नुवाकोट घर भई हाल काठमाडौंको मुलपानि बस्दै आएको ३३ बर्षीय रामशरण गोतामे र उनका श्रीमती सीता गोतामेले केही प्रहरीको नै मिलेमतोमा काठमाडौंमा विभिन्न ठाँउबाट विभिन्न काममा लगाईदिन्छु भनि आफ्नो घरमा लगि भाँडा सफा गर्ने घर सफा गर्ने भन्ने प्रलोभनमा पारि ५ जना युवतीहरुलाई यौन धन्दामा संलग्न गराई आय आर्जन गरेको पाईएको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) प्रबक्ता श्यामकुमार महतोले जानकारी दिए । स्थाई घर काभ्रे हाल आरुबारी बस्दै आएका ११ महिनाको सानो बच्चको आमालाई सहित सीता गोतामेले यौन धन्दामा संलग्न बनाएको पाईन्छ । सीताले जम्मा जम्मी ५ जनालाई यौन धन्दामा घरमा राखेर घरको खाना दिएर भाँडामा राखेको जस्ता गरेर ४ जना युवतीलाई घरमा राखेर भाँडा लिने पानीको पैसा फोहोरको पैसा ओसुलेर यस्तो धन्दा चलाएको प्रहरीले जनाएको छ । सानो बच्चा देखाएर यौन धन्दा गराउने सीतालाई बैद्ध प्रहरीले हिरासतमा थप जानकारीको लागी राखिएको छ भने पिडित पक्षलाई भने माईति नेपालको संरक्षणमा राखिएको छ । अहिल्यै सीतालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कारबाही गर्न जाहेरी दिइसकेका छन्।

प्रहरी वृत्त बौद्धका अनुसार सीता पहिले पनि तीन महिना सुन्धारास्थित कारागारमा बसिसकेकी छन्। यही मुद्दामा उनी पक्राउ गरी जेल बसेको प्रहरीले जनाएको छ। कुन सालमा बसेकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले बतायो। उनले बौद्धमा कहिलेदेखि सञ्चालनमा आएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले हामीले उनीसँग सोधपुछ गरिसकेका छैनौं। बयान लिने काम भइनसकेको हुँदा कहिलेदेखि भन्ने ठिक समय खुलेको छैन, प्रहरी स्रोतले भन्यो।

नेपालमा पनि आन्तरिक मानव बेचबिखन सुरू भएको भन्दै माइती नेपालले यो घटना सार्वजनिक गरेको हो। माइती नेपालले यो घटना बाहिरिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो। योभन्दा अगाडि कोटेश्वर, नरेफाँट क्षेत्रबाट पनि त्यसरी नै प्रहरीसँग समन्वय गरी रेस्क्यू गरेका थियौं, माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले भने, आन्तरिक मानव बेचबिखन यति भयावह भयो त्यसलाई नहेरी नहुने भयो। यस्ता घटनामा उम्किन नसकोस् भनेर बालिकाहरूलाई दुर्व्यसनीमा फसाउने गरेको पनि उनले बताए। नेपालमा पनि बम्बई, दिल्लीका कोठीहरूमा गरिने देखिएको उनको भनाइ थियो।

पीडित किशोरीहरूलाई दसैं(तिहारमा घर फर्किन मन छ। तर कानुनी प्रक्रिया अझै नसकिएको हुँदा उनीहरूलाई घर पठाउने वा आफ्नै संरक्षणमा राख्ने टुङ्गो लागिनसकेको माइती नेपालले जनाएको छ।पीडित किशोरीहरूले बाहिर निस्केर पार्लर, कपडा सिलाइलगायत सीपमूलकको काम गर्न जाने मन भएको बताएका छन्।त्यस्ता सीपमूलक तालिमका लागि माइती नेपालले पनि समन्वय गर्ने कार्यकारी निर्देशक खड्काले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर