काठमाडौं/ नेकपा (एकिकृत समाजवादी) पार्टीको भातृ संगठन युवा संघ नेपालको जुनसुकै कार्यक्रममा पनि मञ्चमा अध्यक्ष मात्र रहने गरि कार्यक्रम आयोजना गरिने भएको छ । संगठनको गत असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न केन्द्रिय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकको उद्घाटन सत्रमा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई समेत बैठकको अग्रभागमा राखिएको थियो भने मञ्चमा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश कुमार शाही मात्र बसेका थिए । दुई दिनसम्म चलेको बैठकलाई समाजवादी पार्टीका उपमहासचिव डा. विजय पौड्याल, राजनीतिक विश्लेषक युवराज संग्रौला र ईन्जीनियर सूर्यराज आचार्य लगायतले युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । युवा संघ नेपालको यो नेपालमा पहिलो नयाँ प्रयोग हो ।

प्रतिक्रिया

सम्बन्धित खवर