काठमाडौ / नायीका पुजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी धेरैलाई मन पर्ने जोडी हो । उनीहरुबीच प्रेमको चर्चा चलिरहँदा फेरी अलग भएको कुराले उनीहरुको फ्यान निकै चिन्तित भएका छन् । उनीहरुको निकै ठूलो फ्यान फलोइङ छन् । जसले उनीहरुको साँच्चै नै विवाह होस् भन्ने चाहन्छन् । तर अलग भएको खबरले केही फ्यानहरु डिप्रेशनमा गएको खबर पाएपछि उनीहरु निकै भावुक भएका छन् ।

एउटा गीतको प्रमोशनमा पुगेका उनीहरुलाई फ्यानहरुको भावनाको कुरा सुनाइएको थियो । एक जना डिप्रेशनमा गएको र कसैले जीवन त्या ग गर्ने प्रयास समेत गरेको कुरा सुनाएपछि उनीहरु निकै भावुक भएका थिए । त्यसपछि उनीहरुले आफुहरु कहिल्यै अलग नहुने प्रतिवद्धता जनाए । तर त्यसका लागि विवाह नै गर्ने भन्ने होइन भन्ने कुरा राख्दै आकाश र पुजाले साथीका रुपमा संधै संगै रहने प्रतिवद्धता जनाए ।

पुजा कहिलेकाँही विवादमा आउँछिन् । उनी पछिल्लो समय सिन्धुपाल्चोका बाढी पीडितका लागि सहयोग लिएर गएकी थिइन् । हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए ।

पुजा र आकास अलग अलग सहयोगका लागि सिन्धुपाल्चोक पुगेपछि उनीहरुको स म्ब न्धका बारेमा पनि प्रश्न उठेको थियो । उनीहरुबीच प्रेम छ भनिरहेको बेलामा सहयोगका लागि उनीहरु अलग अलग गएपछि प्रश्न उठाइएको थियो । त्यती मात्र होइन आकासले पुजालाई निकै आलोचना गर्ने प्रकाशको समुहमा आवद्ध भएपछि यस्तो माहोल बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर