काठमाडौं/सम्वाददाता

काठमाडौं/ नायक अनमोल केसी चलचित्र ‘पारस’ मा पनि देखिदैछन्। आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नयाँ अभिनेत्रीसँग अनमोलले रोमान्स गर्ने भएका छन् ।  उक्त चलचित्रको लागि आग्या करनजीत फाइनल भइसकेको बताइएको छ। केही कमर्शियल विज्ञापनमा काम गरिसकेकी आग्यालाई अडिसनबाट चलचित्रमा छनोट गरिएको जानकारी प्राप्त छ ।निर्माण टिमले आग्यालाई ‘पारस’ मा अनुबन्ध गरेको स्रोत बताउँछ ।

अहिले अनमोल र आग्याबीच पनि राम्रो चिनजान भइसकेको छ ।अनमोलले आफ्नो इन्स्टाग्राममा सुनसान ठाउँमा ओछ्याइएको विछ्यौनामा खिचेको एक तस्विर शेयर गरेका थिए । यो तस्विरको क्रेडिट उनले आग्यालाई दिएका छन् । त्यस्तै, सेप्टेम्बर २० तारिखमा आग्याले अनमोल र अनुपविक्रम शाहीसँगको भेटको एक तस्विर इन्स्टाग्राममा पोस्ट्याएकी थिइन् ।यसले पनि उनी ‘पारस’ मा अनुबन्ध भएको कुरालाई थप बल पुर्‍याएको छ । इन्स्टाग्राममा २२ हजार फलोअर्स रहेकी आग्याको अनमोलसँग केमेस्ट्री सुहाउने देखिन्छ । उनले इन्स्टामा पोस्ट गरेका तस्विरहरु निकै सुन्दर छन् ।जहाँ उनले निकै बोल्ड तस्बिरहरू साझा गर्ने गरेकी छन । हेराैँ उनको इन्स्टाबाट लिइएका केहि तस्बिरहरू…..

प्रतिक्रिया

सम्बन्धित खवर