
‘जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न प्रख्यात ज्योतिषि तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन् । कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणि गरेका थिए । उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन् । त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुने समेत तिम्सिनाले भविष्यवाणि गरेका छन् ।
कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन् । एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए । अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । पत्रकार धमलाले अनेक फन्डा मच्चाउने गर्छन् । उनी नेपालकै चर्चित पत्रकार पनि हुन् । तर, उनका केहि अन्तर्वार्ताको शैलि र प्रश्नले विवाद सिर्जना गर्ने गर्छ । उक्त दृश्य हेर्न १३ मिनेट ४० सेकेन्डमा भिडियो बाहिर आएको थियो ।


