
काठमाडौं सम्वाददाता
काठमाडौं/ चितवनको खैरेहनी नगरपालिकाको वडा नम्बर १३ कुमरोज सामुदायिक बनमा एकजना युवकलाई बाघले आक्रमण गरि मृत्यु बनाएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । त्यस बनमा घाँस–दाउरा पहिल्ले देखि नै त्यहाको बासिन्दाले गर्ने गर्थे त्यही घाँस– दाउरा गर्ने क्रममा २५ बर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको कुरा त्यहाको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । कुमरोज सामुदायिक बनमा आक्रमण भए लगतै आठ वटा हात्ती सहित नेपाली सेना र नेपाल प्रहरी मंगलबार दिउसो पैने १ बजे खटिएको टोलीले आक्रमण भएको ठाँउबाट करिब १०० मिटर टाढा शव फेलापरेको जिल्लला प्रहरी चितवनले जनाएको छ । वडा दशैको बेला घाँस–दाउरा गर्दा ख्याल गर्नुहोस जङ्गली जनावरबाट जोगीनुहोस ।


