काठमाडौं/कोरियामा पुगेर एक नेपाली चेलीले ऐतिहासिक तरक्की गर्न सफल भएकी छन् ।३६ बर्ष अगाडी तनहुँको माझकोटमा चर्चित दुर्गा बहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तानको रुपमा जन्म लिएकी आस्था बिन्दु मल्लले कोरियामा तीन तारे होटलहरु सञ्चालन गर्दै मन्त्रालयअन्तर्गत महत्वपूर्ण जिम्मेवारी हाँक्न सफल भएकी हुन् ।जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एवं त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नाकोत्तर गरेपछि कोरिया पुगेकी उनले त्यहीबाट योन्सेई युनिभर्सिटीमा जलवायु तथा मौसम परिवर्तन बिषयमा विद्यावारिधी सम्मको यात्रा गरेकी छन् ।  २००४ मा अन्तरजातिय विहे गरीपछि विभिन्न आरोह अवरोह पार गर्दै कोरिया पुगेकी उनले करिब बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गत पर्ने, संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्पाेरेशन विभागको अनुसन्धानकर्ताको रुपमा काम गर्न सफल भएकी हुन् ।

मन्त्रालय अन्तर्गतको उक्त जिम्मेवारी पाउनु नेपालीहरुको निम्ती पनि गर्वको विषय हो ।उनले कोरियाकै ईह्वा वुमन्स युनिभर्सिटीबाट जब इन्जिनियररिङ्ग गरेपछि विद्यावारिधी अर्थात पिएचडीको यात्रा थालेकी थिइन् ।सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेकी उनले अहिले ६ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेर कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्दै आएकी छन् । उनको होटमा सयौं मानिसहरुले रोजगार पाएका छन् ।उनले पाइलट प्रोजेक्टको रुपमा कोरिया वातावरण कर्पाेरेशन संस्थाका माध्यमबाट नेपाललाई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा वातावरण मन्त्रालयमार्फत हस्ताक्षर गराउन सफल भएकी थिइन् ।उनको कम्पनीमा अहिले दुई दर्जन भन्दा धेरैं नेपाली कामदारहरु रहेका छन । उनले कोरियाबाटै नेपाल र नेपालीको निम्ती काम गर्दै आएकी छन् । पासपोर्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शेयर गर्दैमा आफूलाई आत्मसन्तुष्टी नहुने तर भोलीका दिनमा देशप्रति आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सके भने मात्र आफू पक्का नेपाली हुन सकिने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर