
१७ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ ।
शिक्षा तथा मानव स्रोतका अनुसार केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ ।



केन्द्रले ७५३ वटै स्थानीय तहमा शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै विद्यालय कर्मचारीको उमेर हद तोकेको हो ।