१७ असोज, काठमाडौ/ पछिल्‍लो २४ घण्टामा भरमा कोरोना संक्रमित भन्दा दुइ गुणा बढी संक्रमण मुक्त भएका  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्‍लो  २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमित हुँदा १४०५ जनाले कोरोना जितेर मुक्त भएका छन्‌ ।

२४ घण्टामा जम्‍मा  १० हजार ९२० जनामा कोरोना परीक्षण भएको हो। साथै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।   साथै  देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्त्रालयका अनुसार हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। साथै हाल देशभर १६ हजार ८०४ जनामा सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर