
काठमाडौं/नेपाली गीत संगीतका एक भ्रष्ट्रायल स्वारका धनी राजेश पायल राई (राई इज किङ) भनेर चिनिने गजल,आधुनिक,चलचित्र,पुर्बेली लोक दोहोरी देखि विभिन्न चलचित्रका नायकसम्म रहेका राजेश पायल हुन् । राईले विभिन्न चलचित्रमा आफ्नो भूमिका दिएको पाईन्छ जस्तै ः दैव संजोग,दौतरी, परेनी माया जालैमा, सी माला तथा गुण्डा राजमा सशक्त अभिनय गरेका छन् ।
यस्तै करिब ३ सय पचास चलचित्रमा स्वर समेत दिएका राईले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका थिए । त्यसपछी चलचित्रमा पार्श्व गायनमा उनी ब्यस्त भइ रहेका छन् । विश्वका प्राय सवै चर्चित मुलक भ्रमण गर्नुको साथै कन्सर्ट गरेका राईले २०५३ सालमा पहिलो विदेश भ्रमण हंगकंग गएका थिए ।



जहाँ उनको जिवनको पहिलो वैदेशिक कन्सर्ट थियो । २०६० साल असार १२ गते विराटनगरको रिभ्स डिजीटल रेर्कडिङ स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गराएका थिए । सम्भवत: विश्वमै यसरी ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायक हुन। गायक राईले २०६६ सालमा रिलिज भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत जिते । यस्तै उनी २०६७ मा छिन्नलता पुरस्कार तथा अन्य पुरस्कारबाट पनि सम्मानित एवं पुरस्कृत भइ सकेका छन् ।