
काठमाडौं/नेपाली चलचित्र जगतका एक हस्ती विपना थापा भारतको एक शहरमा कृषि तिर लागेको उनको विभिन्न भिडियोबाट देख्न सकिन्छ । उनले भारतीय नागरिकसँग बिवाह गरेकी हुनाले नेपाली चलचित्र जगतलाई छोडेर आफ्नो कर्म थलो बनाएकी थापाले विभिन्न आफ्ना गतिविधिहरु सामाजिक संजालमा लगाएको पाईन्छ ।
उनले भारतमा आफु बसेको ठाउँ वृन्दावनमा फर्सि, लौका लगायतका तरकारी बारीमा गएर फ्रिमा ल्याउन पाइने बताएकी छन् । तर उनलाई फर्सि भन्दा फर्सिको मुन्टा निकै मन पर्छ । त्यसैले उनी फर्सिको मुन्टा चोर्ने गरेको बताउँछिन् । वारीमा फर्सिको मुन्टा टिप्न दिँदैनन यदि टिपेको देखेभने उनले बच्ने एउटा गजबको उपाय पत्ता लगाएकी छन्।



उनीसंगै जाने एक जना उनको दिदीले यो विभिन्न रोगको औषधी हुन्छ हामीलाई यस्तो रोग लागेको छ औषधीको लागि लैजान लागेको भनेर झुटो बोल्ने गरेको विपना आफैले पोल खोलेकी छन् । भारतीय र भारतमा बस्ने नेपालीहरुले फर्सिको मुन्टाको महत्व नबुझेको देखेर भने उनलाई कहिले काँही रिस पनि उठ्छ । फर्सि भनेर लौकाको मुन्टा टिप्न लागेकी एक जना नेपाली महिलालाई उनले त्यसो नगर्नु भन्दै सम्झाएको पनि भिडियोमा देखिन्छ।
उनी गाडी लिएर फर्सिको मुन्टा चोर्न गएको भिडियो सार्वजनिक गरेकी छन् । जसमा तरकारी वारीको मालिकले त्यो किन टिपेको त्यता नटिप भनेर उनलाई भनेको पनि भिडियोमा देख्न सकिन्छ । उनले म छेउतिर टिप्छु नी भनेर अनुमति समेत मागेकी छन्।