१३ असोज, काठमाडौं । शिक्षा मन्त्रालयले चीन तथा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमै नै इन्टर्नसिप व्‍यास्थाकालागी प्रक्रिया अगाडि बढाएको छ । कोभिड–१९ महामारीले इन्टर्नसिप गर्न नपाएका  विद्यार्थीसँग सरकारले आवेदन मागेको हो ।

मन्त्रालयको वेबसाइटमा राखिएको सूचना लिंक अनुसार मन्त्रालयले असोज २२ गतेसम्म विद्यार्थीले आवेदन दिन सक्ने भएका छन् ।विभिन्‍न मुलुक लगायत चीनमा अध्ययनरत नेपाली विद्यार्थीले महामारीले इन्टर्नसिप गर्न नपाएपछि नेपालमा नै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । सरकारले सन् २०१४ ब्याचका लागि इन्टर्नसिप गराउने निर्णय गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ।

सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर