१३ असोज, काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार बिहान पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार प्रचण्ड र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयलाई लिएर छलफल भएको बुझिएको छ ।

गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गरेका थिए । आइतबारको बैठकमा दलहरुबीच चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेपनि उनीहरुले अझै आन्तरिक तयारी गरिनसकेको बालुवाटार स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर