१३ असोज, काठमाडौं / सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा हुने सुनुवाइ हेर्न नमिल्ने सुचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा भएका काभ्रेका अर्जुन लामाको हत्या विरुद्ध तीन मुद्दाको सुनुवाइ आजका लागि तोकिएको थियो।



पहिले पनि १६ भदौमा यो मुद्दा संवैधानिक इजलासमा राखिएकोमा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो । सोही मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको बताइएको छ ।






