१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत भित्राउने कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए ।

सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ । एमालेले सोही व्यवस्थामा आपत्ति जनाएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यस्‍तो व्यवस्था पुरा हुन नदिने बताए ।‘संसद नचलेकोले चुनाव आवश्यक छ भन्‍दै अध्यक्ष ओलीले अहिलेको संसद राम्रोसँग नचलेको भन्दै ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय