पछिल्‍लो २४ घण्टामा देशभरमा कोरोनाभाइरस संक्रमणमा थप ११५८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरसबाट १३१८ जना संक्रमण मुक्त भएका छन्‌ । सोही अवधीमा १२ जनाले कोरोना संक्रणबाट ज्‍यान गुमाएका छन्‌ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् ।

यसैगरी हालसम्म कोरोना भाइरसबाट  बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर