
१० असोज, काठमाडौं । विभिन्ना ठाउँमा वर्षातका कारण अवरुद्ध सडकहरुलाई दशैंअघि नै मर्मत गर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिएको हो ।



बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणालीबाट बुकिङको व्यवस्था गर्न र अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न समितिका सभापति कल्याणीकुमारी खड्काले अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।
सभापति खड्काले पाँच दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई एक साता बनाउन पनि सरकारलाई सचेत गराएको जानकारी दिइन् ।