काठमाडौं / महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो ।

सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ । जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् ।

महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ ।

पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर