काठमाडौं/धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आफ्नो खुट्टा पाइडलमा नपुगेपनी निकै मिहेनत गर्दै रिक्सा चलाउ छन् ।बुबा बाइक दु’र्घटनामा परेर घा’इते भएपछि उनले घरको जिम्मा आफुले लिएका हुन् ।

कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा चलाइरहेका छन् ।आमाले गाउँमै अलिअलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रिक्सा चलाइरहेका छन् ।सुन्दरले चलाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहुलाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।

आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकिरहेका छैनन् ।सधेरै मान्छेले सानो बच्चाले रिक्सा कुदाउन नसक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे ।यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर