‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्र’हार ग’र्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको ‘खुकुरी झि’केर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ । टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फु’टाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।


