बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको छैटौ सम्मेलन सम्पन्न भएको छ । कोरोना भाईरस (कोभिड) का कारण भर्चुअल माध्यमबाट शाखाको सम्मेलन सम्पन्न गरिएको हो ।  सम्मेलनले गुणराज बाहिङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमकुमार बाहिङ र प्रिथिराज बाहिङ, महासचिवमा राजु बाहिङ सचिवमा दिल बाहिङ, कोषाध्यक्षमा मनिकला बाहिङ र सह–कोषाध्यक्षमा धन बहादुर बाहिङलाई निर्वाचित गरेको छ । समितिको सदस्यमा दिप बाहिङ, अर्पना बाहिङ र सुमिता बाहिङलाई जिम्मेवारी सम्मेलनले दिएको छ । शाखाको मानार्थ सल्लाहकारमा आङदावा तामाङ, वरिष्ठ सल्लाहकारमा किरण बाहिङ, सल्लाहकारमा चित्र बाहिङ, नेश बाहिङ, सुनिल दिप्त बाहिङ र प्रकाश बाहिङलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर