
४ असोज, आज देशभरका मौसममा आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जने र चट्याङ तथा सामान्य देखी मध्यम सम्मको वर्षा हुने र सुदूरपश्चिमको केही भागमा भारी वर्षा हुने सम्भावना मौसम विभाग महाशाखाले जनाएको छ ।
पहाडी भू-भागमा वर्षाका कारण केहि स्थानहरुमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।


