
३ असोज, डा. गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा केसी अमेरिका पुगेका हुन् । अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् ।
असोज ५ गतेका दिन २१, सेप्टेम्बरमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् ।



यो शान्तिपुर्ण प्रदर्शन २० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो । डा. केसीले विज्ञप्तिमा भनेका छन्–‘यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु । प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड १९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाई संग पालन गर्नेछ ।