
३ असोज, दाङ्/ आज बिहान दाङ् जिल्लाको दंगीशरण गाउँपालिका–७ बुटिनियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रमिला आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लेगेर गम्भीर घाइते भएको अवस्थामा उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


