३ असोज, आज देशभरमा १० हजार १३ जनाको कोरोना परिक्षण भएको थियो । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका भएका छन्‌ भने १२ जनाको मृत्यु भएको छ ।

देशभरमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर