
नेकपा (एकीकृत समाजवादी) सोलुखुम्बु काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा नेचासल्यान गाउँपालिकाका युवा नेता भिम शर्मा चयन भएका छन् । असोज २ गते राजधानीको धुम्बाराही स्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको बृहत् भेलाले ४५ सदस्यीय नयाँ कमिटी घोषणा गरेको हो । सम्पर्क मञ्चको बरिष्ठ उपाध्यक्षमा सोलु दुधकुण्ड नगरपालिकाका दोर्जी शेर्पा, प्रथम उपाध्यक्षमा नगरपालीकाकै साागर तमाङ र उपाध्यक्षमा तेन्जी शेर्पालाई जिम्मेवारी प्रदान गरिएको छ । सचिवमा लिखुपिकेका दोजी शेर्पा, सह–सचिवमा नेचासल्यानका शेखर राई र कोषाध्यक्षमा बबिता राउतलाई चयन गरिएको छ ।
नवगठित सम्पर्क मञ्चका सदस्यहरुमा नेचासल्यानका तेज राई, पवन राई, प्रसुन राई, राई, ख्याम कुमार राई, राजिब राई, देश कुमार राई,पशुपति केटेल,नवराज मगर,किरण राई, दिनेष मगर,छन्द विज्ञान निरौला, सबिन राई,नबराज मगर,नौधन राई,प्रबिन राई, उमेश राई र थुलुङ दुधकोशीबाट ग्यालजेन राई, राम कुमार राई, शुदेस राई रहेका छन् । सोलुदुधकुण्डका समन मगर,राज मगर, उमेश तमाङ र लिखु पिकेबाट ङिमा कामी शेर्पा,तेन्जी शेर्पा छेतेन शेर्पा, छिरिङ लामा, लाक्पा शेर्पा, दावा शेर्पा, ङिमा शेर्पा, छिरिङ शेर्पा रहेका छन् । सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका केन्द्रय सम्पर्क मञ्चका ईन्चार्ज विजय गुरुङले सपथ गराएका थिए । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य आङङीमा लामा, जुद्ध बहादुर कार्की लगायतले सम्बोधन गरेका थिए ।


