१ असोज, काठमाडौं/ असोजको दोस्रो हप्‍ताबाट दशैँ तिहार लक्षित उपत्‍यका बाहिरजाने यात्रुकोलागी अग्रिम टिकट खुलाउने भएको छ। सरकारले यही असोज १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै  टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग  समन्वय गरी  अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।

विभागका प्रवक्ता डा.लोकनाथ भुसालका अनुसार पटकपटक छलफल पछी अग्रिम टिकट खुलाउन आउँदो सातासम्म निर्णय भइसक्ने उनका भनाइ छ।गएको हप्‍ता यातायात व्यवसायीसँग दुई तीन चरणमा छलफल भएको आधारमा आउँदो सातासम्म कति सङ्ख्या सम्‍मकालागी टिकट खुलाएर यात्रुलाई सुरक्षित रुपमा कसरी सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउने भनी निर्णय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर