१ असोज, काठमाडौं/ कोभिड-१९ कोरोना भाइरस संकरमण पछिल्‍लो २४ घण्टामा देशभर १५५८ जनामा नयाँ संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने  १० जनाको मृत्यु भएको छ । हालसम्‍म कोरोना संक्रमणबाट मृत्‍यु हुनेको कुल संख्या ११ हजार १२ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितको कुल पीसीआर विधिबाट भएको परीक्षण संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् ।

हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर