१ असोज, असोज ३ गते संविधान दिवसकै दिन पारेर संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले बृहत् नागरिक आन्दोलनले राजधानीमा र्‍याली आयोजना गर्ने भएको छ । आन्दोलन दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्मको र्याली आयोजना गर्ने भएको हो । ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना पनि यही मौकामा  गरिने जनाइएको छ ।

बनेको संविधानप्रति असन्तुष्ट समुदायहरूलाई विस्‍वासमा लिन कुनै पनी राजनैतिक प्रक्रियाको सुरुवात नभएको भनी बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । अधुरो र अपुरो संविधान भएकोले, त्यसलाई पूर्ण र स्वामित्वसहित बनाउनकोलागी पूर्ण रुपमा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल नपुगेको बताउँछन्‌ ।

प्रतिक्रिया

सम्बन्धित खवर