१ असोज, काठमाडौं/ एक हप्ताभित्र मन्त्रिपरिषदले पुर्णता पाउछ भनी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन ।अध्‍यक्ष नेपाल काठमाडौंको आलोकनगर स्‍थित पार्टी केन्द्रीय कार्यालयको उदघाटन गर्दै  उनले छिट्टै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन । अध्यक्ष नेपाललेका अनुसार एकीकृत समाजवादी सरकारमा जानकोलागी तयारी अवस्थामा रहेको बताए ।

अध्‍यक्ष नेपाल, केन्द्र र प्रदेश सरकार र सत्ता साझेदार दलहरुसँग सहकार्य  गरेरै अगाडी बढ्‍ने बताए । नेपालका अनुसार प्रदेश नम्बर एक र तीनमा समाजवादीले मुख्यमन्त्री दाबी गरिरहेको छ । ती प्रदेशमा जुनसुकै बेला मुख्यमन्त्री फेरिएको खबर आउन सक्‍ने जानकारी दिए । अनेक प्रयासले गठबन्‍धन तोड्‍न खोजिए पनि त्‍यो सफल हुन नदिने अध्‍यक्षको दाबी छ।

गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने पनि नेपालले उल्लेख गरे। पाँच दलीय गठबन्धन मिलेर एमालेविरुद्ध आगामी चुनावमा जाने उनको दृडता रहेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर