
३१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार राति शितल निवासमा ष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । सुरक्षा स्रोतका अनुसार भेटवार्ता राति आठ बजेदेखि १० बजेसम्म रहेको थियो।
भेटवार्ताको विषय र भएको छलफलको बारे खुलासा भएको छैन । प्रधानमन्त्री पदबाट हटेपछि ओली गत साउन ८ गते पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । ओली राजनीतिक छलफल र पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।


