३१ भदौ, काठमाडौं । संखुवासभा हत्‍या काण्‍ड, परिवारका छ जनाको निर्मम हत्‍याको आरोपमा थप एक जना पक्राउ परेका छ । सार्वजनिक भएका मुख्‍य आरोपी लोकबहादुरका भाइ नरेशलाई पनि प्रदेश १ का प्रहरी प्रमुख अरुण विसीले नियन्त्रणमा लिइएको बताएका छन्‌।

परिवारको छ जनाकै हत्‍य हुनुमा एकजानाको मात्र हात हुने कुरामा अविस्‍वस्‍त भएको कारण अनुसन्धानका क्रममा लोकबहादुरका भाइलाई पनि सोधपुछ गर्नुपर्ने देखिएकोले नियन्त्रणमा लिएको प्रहरी प्रमुख विसीले बताए ।  थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको बताए ।

सामूहिक हत्यामा परेका मध्‍य ३२ वर्षिय बुहारी रन्‍जना कार्कीको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ । बिसीका अनुसार बरामद मोबाइल नरेशले लुकाएको हुनसक्‍ने आशंका छ। प्रहरीका अनुसार छ जना परिवारकै हत्या हुँदा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने अनुमान गरे । घटनापछि नरेशले मोबाइल चोरेको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ।

२१ भदौमा संखुवासभाको मादी भन्‍ने ठाउँमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरलाई  हेला गरिएको कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरिएको भनी खुलेको थियो । सोहीबेला घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको भनी लोकबहादुरले साबिती बयानमा  खुलाएका थिए । घटनाबारे थप अनुसन्‍धान विस्तृत रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर