३० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्‍लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना गरी जम्‍मा काठमाडौं उपत्यकामा ४९५ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी १२२० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर