
२९ भदौ, काठमाडौं / कोभिड-१९ पछिल्लो २४ घण्टाभित्र नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित वृद्धि भएको हो । पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ।
यसैगरी एक हजार ५८९ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमणबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ।



काठमाडौं उपत्यकामा ४०४ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २९४ , ललितपुरमा ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।