दक्षिण कोरिया भदौ २७/ दक्षिण कोरियामा केपि पक्षाका आन्सान कमिटी सचीव अवदेशराज चौरासिया नेकपा एकीकृत समाजवादीको प्रवास कमिटीमा प्रवेश । एमाले विभाजनको असर दक्षिण कोरियामा केपि पक्षाका प्रवासी नेपाली मञ्चका आन्सान कमिटी सचीव अवदेशराज चौरासिया नेकपा एकीकृत समाजवादीको प्रवास कमिटी” प्रवासी नेपाली एकता मञ्च” प्रवेश गरेका छन लामो समय देखि कोरियामा कार्यरत चौरासिया NRNA द.कोरियाका पुर्व केन्द्रिय सदस्य समेत रहेका थिए उनलाई ” प्रवासी नेपाली एकता मञ्च प्रवास संगठनको संचिवको जिम्मेवारी दिएको छ । यसैगरी केपी पक्षाका थेजान कमिटीमा रहेका वीरचन्द्र कुलुङ राई , मकवानपुर कोरिया मन्च र नेपाल कलाकार संघ द.कोरियाका अध्यक्ष सुर्य रुम्बा पनि प्रवासी नेपाली एकता मन्च द.कोरिया घोषणा सभा बाट नेकपा एकीकृत समाजवादिमा प्रवेश गरेका छन । एमालेमा केपि पक्षाका अहमता र दम्भका कारण देश बिदेशमा एमाले छोडेर नेकपा एकीकृत प्रवेश गर्नेको लर्को देख्न सकिन्छ । नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको समानान्तर कमिटिको रुपमा रहेको प्रवासी नेपाली मन्च एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।

एक घोषणा सभाको आयोजना गरेर समाहित भएको घोषणा गरेको हो । संगठनको नाम समेत परिवर्तन गरिएको छ । प्रवासी नेपाली मन्च लाइ परिवर्तन गरेर प्रवासी नेपाली एकता मन्च बनाइएको छ । संगठनको अध्यक्षमा शुभराज बम्जन र महासचिवमा राजकुमार राई (राजु) लाइनै निरन्तरता दिइएको छ । त्यसैगरी उपाध्यक्षमा रमेश थापा मगर, दशरथ कुँवर, सुर्य रुम्बा सचिवमा जगदिश घरडी,अवदेशराज ,चौरासिया, अनिता रुम्बा, चयन हुनुका साथै अनुशासन विभाग प्रमुखमा उमेश कुँवर, आर्थिक विभाग प्रमुखमा जगत वाइबा, प्रचार विभाग प्रमुखमा अमीर योन्जन र युवा विभाग प्रमुखमा घनश्याम अधिकारीलाइ जिम्मेवारी दिइएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुमा झलक क्षेत्री, कबिराज गिरी, सुरेश गिरी, ज्ञानेन्द्र थापा क्षेत्री, सन्देश राई, बिरचन्द्र कुलुङ राई, धनराज राई , सुमित्रा घिसिङ, सन्तोश शाह, युवराज राई, सुरज थिङ्ग, जयराम रिमाल बिमल देबकोटा र खानिमाया सुनुवारलाइ चयन गरिएको छ । सल्लाहकारमा प्रबिन पौडेल र जित बहादुर सारु मगर (रोयल) लाइ चयन गरिएको छ ।

जुम भर्चुअल माध्यमबाट भएको घोषणा कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम बिदेश विभाग इन्चार्ज श्री प्रशाद साहको प्रमुख आतिथ्यता रहनुका साथै नेत्री रामकुमारी झाँक्रीको विशेष आतिथ्यता रहेको थियो । आज भएको घोषणा सभामा एमाले निकट प्रवासी नेपाली मन्च र विभिन्न संघ संस्थामा कृयाशिल सामाजिक व्‍यक्तित्‍वहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन । अध्यक्ष चुनिय पश्चात शुभराज बम्जनले सङ्गठनमा सबैलाइ उचित जिम्मेवारी दिएर अगाढि बढाउने र राजनितिक एजेण्डा सँगै कोरियाली नेपाली समाजको समस्याहरुलाइ पहिचान गरी समाधानगर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर