काठमाण्‍डौ भदौ २७/ अर्थमन्‍त्री जनार्दन शर्माले आफु प्रतिस्‍थापित विधेयकमार्फत ल्‍याएको बजेट वितरण नहुने दावी गरेका छन्‌। आइतबार भएको छलफलमा  अर्थमन्‍त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा शर्माले बजेट वितरण हुँदैन तर राज्‍यको दायित्‍व भने पुरा गर्न खोजेको बताएका छन्‌।

आम्‍दानीमा रोगी राज्‍य राजनीतिकमा आन्‍दोलनमा अघी सरेका क्रान्‍तिकारीलाई हेर्ने दायत्‍व राज्‍यको हो। उनिहरुलाई सरकारले सहयोग गर्ने दायित्‍व पुरा गर्न खोजेको मन्‍त्री शर्माको भनाइ छ। हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी मन्‍त्री शर्माले गरेका छन्‌।

विकासको  क्रममा प्रगती र समस्‍यको रेखदेख गर्दै सम्‍पुर्ण कार्यहरुको अनुगमन हुने शर्माको भनाइ छ। सरकारी कुल बजेटको मात्रामा घटेको आकार भए पनि पुँजिगत खर्च भने बढाएको र खर्च प्रभावकारी बनाउनकोलागी अनुगमनलई प्राथमिक्‍ता हुने बताएका छन्‌।

 

प्रतिक्रिया

सम्बन्धित खवर