
२६ भदौ, सङ्खुवासभा हत्यकाण्ड- गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारमा भएको हत्य एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेको छ । आरोपित लोकबहादुर कार्कीलाई शनिबार बिहान प्रहरिले पक्राउ गरेको छ। पक्राउ परेका युवक मृतकका भतिजो पर्ने हुन् भनि दाबि भएको छ । आइतबार सार्वजनिक हुने तयारी गरेको प्रहरीले हत्या आरोपी युवाका पुरा परिचय भने खुलाएको छैन । आरोपित कार्कीका मानसिक अवस्था भने कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको जानकारी प्रहरीले दिइएका छन् ।
प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड र कार्कीको कपडामा रगत लागेको भेटिएपछी प्रहरीले उनलाई पक्राउ गरेको हो । सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएका छन् । संखुवासभाका डि.एस.पी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीसँगै अन्य थप जानकारी आइतबार सार्वजनिक हुने बताएका छन्। ।



हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी रहेको प्रहरीले बताए ।