काठमाडौं/गत वर्ष देखिको लकडाउनका कारण नेपालका केही कलाकारितामा लाग्ने कलाकार तथा सेलिब्रेटिलाई आफ्नो जिवन निर्वाह गर्न कतिलाई गाह्रो भएको छ भने कति कलाकारले आफ्नै छुट्टै प्रकारका जिवनशैली विताई रहेको देखिन्छ । त्यस्तै नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् ।

जसमा कविराज गहतराजको निर्देशन रहनेछ । उपासनाले पहिलो चरणको लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो चलचित्रको केही दृश्यको छायांकन अझै बाँकी छ ।

उनै, उपासना सामाजिक संजालमा नयाँ नयाँ तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिएकी हुन्छिन् । उनले, हालै पोष्ट गरेका तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् । चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर