कोरोना भाईरस र बाढी पहिरोको प्रकोपको कारण यातायात अवरुद्ध भएपछि किसानहरु चिन्तित बनेका छन् । लाखौ रुपैयाँ लगानी गरी उच्च प्रतिफलको आशामा गोलभेडा र तरकारी उब्जनी गर्ने कृषकहरु वस्तु तथा सेवाको उचित मूल्य नपाउदा व्यासाय÷पेशा नै बन्द गर्ने अवस्थामा पुगेका छन् । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका २ घर भई हाल बनेपा नगरपालिका १ काभ्रेमा गोलभेडा तथा तरकारी उत्पादन गरिरहेका अगुवा कृषक प्रसुन राईका अनुसार यो सिजनमा गोलभेडाको प्रति क्रेट मुल्य उच्चदरले घटेको कुरा बताए ।
उनका अनुसार गत सिजनमा आठ नौ सय क्रेट मुल्य पाएकोमा यस सिजनमा चार सय क्रेट रुपैयाँ पाउन पनि गाह्रो भएको कुरा हिमालयन टाईकुनलाई जानकारी दिए । त्यसैगरी बजारमा तीव्र प्रतिस्र्पधा हुनु तथा भारतबाट विसादीयुक्त कम गुणस्तर भएका गोलभेडा आयात हँुदा नेपाली कृषकका उत्पादन बारीमा खेर गईरहेको छ । भारतीय तरकारी स्वास्थकर कम भएकोले सस्तो मूल्यमा भारतीय व्यापारीले काठमाडौं लगायत देशका ठुला शहर बजारमा बिक्री वितरण गरिरहेकोले पनि नेपाली व्यापारी र कृषकहरु मारमा परेका छन् । हावापानी र मौसमले यस सिजनमा साथ दिए पनि प्राकृतिक प्रकोप कोरोना र बजारले कुनै अवसर प्रदान नगरेको कुरा एक राजनैतिक पार्टीका विधार्थी नेता समेत रहेका कृषक प्रसुन बाहिङर्ले बताए । स्थानिय गोलभेडाको उत्पादनको प्रवद्धन गरी भारतीय उत्पादनलाई कडाइका साथ नियन्तण गरी बजार सन्तुलन कायम गर्न सकेको खण्डमा नेपाली किसानलाई समेत हौसला प्राप्त भई लाभ हुने निश्चित छ । अन्याथा “आकाशको फल आखा तरी मर” भन्ने नेपाली उखान चरितार्थ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर