नेकपा (एकीकृत समाजवादी) पार्टीमा सोलुखुम्बु जिल्लाको नेचासल्यान गाँउपालिकामा नेकपा एमाले परित्याग गरी संगठन विस्तारमा लागेका छन् । समाजवादीका जिल्ला कमिटी सचिव डिल्ली राई,प्रदेश कमिटी सदस्य विष्णु बास्तोला, जिल्ला सचिवालय सदस्य मणिकर्ण राई, शंकर बास्तोला,सोभितमान राई,तथा जिल्ला कमिटी सदस्य भिम शर्मा, जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सदस्य देव कुमार राई, जिल्ला कमिटी सदस्य शत्रुधन बस्नेत, सन्तोष थुलुङ, कर्मधोज राई, साङ्गे राई,पुष्प भण्डारी, गणेश राई र मनिराम लगायत २५ जनाभन्दा बढी नेता तथा कार्यकताहरुले नेकपा एमाले छाडेका हुन् ।

एकीकृत समाजवादीमा लाग्ने अन्य युवा नेताहरुमा पिपुल्स भोलेन्टीयरका नेता तथा नेचासल्यान गा.पा २ का एमाले वडा सचिव शेर बहादुर राई,अनेरास्ववियुका केन्द्रिय सदस्य प्रसुन राई, युवा संघ नेपालका नेता तेज राई र पवन राई नेतृत्वको कमिटी समेत नयाँ पार्टीमा खुलेर लागेका छन् । निकै कठिन लामो छलफलबाट कांग्रेसले लाईन संघर्षबिचमा पालिकामा नेतृत्व चयन गरेको पालिकामा नेकपा एमालेको संगठनमा समेत पहिरो गएको स्थानियवासिन्दाहरुले जानकारी दिएका छन् । गाउँपालिकामा समाजवादी पार्टीको सम्मानजनक संगठन र शक्ति भएको कुरा पार्टी सचिव डिल्ली राईले हिमालयन टाईकुनलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर