१९ भदौ, काठमाण्‍डौ समाचारदाता/ कैलालीको टिकापुर नगरपालिका र भजनी नगरपालिकामा शुक्रबारबाट डल्‍फिनको गणना सुरु गरिएको छ।
नेपालको कैलाली जिल्लामा पहिलो पटक डल्‍फिनको गणना गर्न लागेको हो जुन दुई दिनसम्‍म चल्‍ने कुरा डल्‍फिन जलचर तथा जैविक विविधता संरक्षक नेपालका अध्‍यक्ष भोजराज ढुङ्‍गानाले जानकारी दिनुभयो।

टिकापुर-भजनी डल्‍फिन संरक्षण सर्किट क्षेत्रमा १३ स्‍थानमा गणना हुनेछ। जमरा कुलो पथरिया संगम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्‍तरपुर बाउन्‍न घाट, बैदी झरना पथरिया संगम, गैरी पथरिया संगम, काढानदी पथरिया संगम, पथरिया काढस मोहना त्रिवेणी, रेप्‍टीकुलो मोहना नदी संगम, कुशमघाट (मरियाघाट), कुशमघाट मोहना पथरिया संगम, तिलहाघाट खक्रौला पुरानो भन्‍सार नजिक, चौकरदी कर्णाली मोहना संगम, कर्णाली सत्तीपल क्षेत्रका डल्‍फिन गणना हुने अध्‍यक्ष ढुङ्‌गानाले जानकारी दिनुभयो।
पाँच वर्ष पहिले वि. सं २०७३ मा डल्‍फिनको गणना गर्दा ६५ वटा भएको र २०७५ सालमा गणना गर्दा ५५ वटा मात्र देखापरेको थियो। अध्‍यक्ष ढुङ्‍गानाकानुसार। अनुमानित डल्‍फिनको संख्या वर्ष ३५ देखी ४० वटा मात्र रहेको बताउनुभयो। पछिल्‍लो तथ्‍याङ्‌क हेर्दा वर्षेनी डल्‍फिनको संख्‍या घटिरहेको संस्‍थाका महासचिव जयप्रसाद ढुङ्‌गानाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर