नेकपा (एकीकृत समाजवादी ) सोलुखुम्बु जिल्ला कमिटीको भाद्र १७ गते सल्लेरीमा सम्पन्न बैठकले संगठनलाई चलाएमान बनाउन कार्य विभाजनको निर्णय गरेको छ । पार्टीको सचिवालयमा अध्यक्ष दोर्जी जाङ्बु लामा शेर्पा र सचिव डिल्ली राई सहित १६ सदस्यीयको सचिवालय बनाएको छ । सचिवालयका सदस्यहरुमा मानवीर राई, ए आर शर्मा, राम थुलुङ,तेन्जीङ शेर्पा, सोनाम ओङ्छेन शेर्पा, जि बि बस्नेत, एच एम खतिवडा, फुग्याल्जेन शेर्पा, पि आर बस्नेत, पेमा छेवाङ् शेर्पा, शोभितमान राई, शंकर बास्तोला, मनिकर्ण राई र तिल्जङ राई रहेका छन् । यसैगरी जनवर्गीय संगठनको इन्चार्जहरुमा सोनाम ओङ्छेन शेर्पा युवा इन्चार्ज, सोभितमान राई विधार्थी, एच एम खतिवडा महिला, आङकामी शेर्पा सम्पर्क विभाग र तेन्जीङ शेर्पालाई प्रचारप्रसार विभाग प्रमुखमा जिम्मेवारी तोकिएको छ । सोलुखुम्बु जिल्लाका सम्पूर्ण स्थानिय तहमा संगठन विस्तार गर्न संयोजकहरु समेत बैठकले टुङ्गो लगाएको छ । सन्तोष थापा मगर सोलुदुधकुण्ड नगरपालिकाको संयोजक ,थुलुङ दुधकोसी गाँउपालिकामा कल्पना गिरी बस्नेत, नेचासल्यान गाँउपालिकामा विष्णु बास्तोला, सोताङ र महाकुलुङ गाँउपालिकामा जुद्ध बहादुर कार्की, खुम्बु पासाङल्हामुमा दोर्जी शुसिल शेपार्, लिखुपिकेमा आङकामी शेर्पा र माप्य दुधकोशी गाँउपालीकामा सौमाया राई रहेका छन् ।
जिल्ला कमिटी बैठकले सन्तोष थुलुङ, थिर प्रसाद कट्ेल, कुमार शर्मा, बिबस कुलुङ, थुतोप दोर्जी शेर्पा, दा जाङ्मु शेर्पा र नकुल कामीलाइ जिल्ला कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । तेन्जी शेर्पा नेतृत्वमा बनेको अनेरास्ववियु जिल्ला कमिटीलाइ नेकपा एकिकृत समाजवादीको भातृ सगठनको रुपमा समाहित गर्ने निर्णय समेत पारित गरिएको छ । पार्टी सचिव डिल्लाी राईका अनुसार नेकपा एमाले सोलुखुम्बु जिल्ला समानान्तर कमिटीलाई बैठकले नेकपा एकिकृत समाजवादीमा सिङ्गो टिम समाहित गर्ने निर्णय गरिएको कुरा हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर