
नेकपा एमाले नेचासल्यान गाँउपालिका वडा नं २ सोलुखुम्बुको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । गत असार ३ गते नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालिन जिल्ला सचिव डिल्ली राईको उपस्थितीमा जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज देब कुमार राई र पिपुल्स भोलेन्टियरका नेता शेर बहादुर राईको संयोजनमा भेला सम्पन्न गरिएको थियो । भेलाले ज्ञान बहादुर राईको नेतृत्वमा १९ सदस्यीय वडा कमिटी गठन समेत गरेको थियो । कमिटीको उपाध्यक्षमा कुमार जोगी, सचिव शेर बहादुर राई, उप सचिव नविन राईलाई चयन गरीएको थियो । कमिटीका सदस्यहरुमा पुर्खाधन राई, बालकृष्ण सार्की, ख्यामराज जोगी, खरबीर राई, शतिm राई, प्रसुन राई, ख्याम कुमार राई, कविन राई, चन्द्र तोलङ्गे, सुजन राई, धनराज राईलाई सर्वसहमतिले जिम्मेवारी प्रदान गरिएको थियो । पार्टी सचिव डिल्लाी राईले समग्र नेचासल्यान गाँउपालिकाको पार्टी नेतृत्वमा युवा शक्तिलाई स्थापीत गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कमिटी गठन पश्चात् बसेको कमिटीको बैठकले आगामी फाल्गुनमा हुने स्थानिय तहको निर्वाचन लक्षित योजनाहरु समेत पारित गरेको थियो । वडा कमिटी गठन गरेको वडा कांग्रेसका नेता बल बहादुर के. सिको गाँउटोल हो ।


