
नेकपा (एकीकृत समाजवादी) सोलुखुम्बुको काठमाडौंमा बृहत् भेला सम्पन्न गरिएको छ । जिल्ला कमिटि अध्यक्ष दोर्जी जाङ्बु शेर्पाको उपस्थितिमा समसामयिक राजनीति र संगठन विस्तारको सम्बन्धमा सोलुखुम्बु स्थायी घर भएका काठमाडौंमा विभिन्न पेशा व्यावसाय गरी बसेका सबै गाउँपालिका र नगरपालिकाका समाजवादी विचार राख्ने युवा तथा विधार्थीहरुको व्यापक उपस्थिति रहेको थियो । भेलामा प्रदेश कमिटि सदस्य जुद्ध बहादुर कार्की, प्रेम कुमार श्रेष्ठ , प्रदेश कमिटि सदस्य तथा शेर्पा पार्टी फ्रयाक्सन इन्चार्ज दोर्जी शुसिल शेर्पा, प्रदेश कमिटि सदस्य आङदोर्जी शेर्पा, आङकामी शेर्पा, सौमाया राई जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सोलुखुम्बु जिल्ला सह– इन्चार्ज देब कुमार राई अनेरास्ववियुका केन्द्रिय सदस्य दिवस कुलुङ र प्रशुन राईले जोडतोडका साथ सगठन विस्तारमा लाग्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा युवा संघ नेपालका सशतm युवा नेता तथा नेचासल्यान गाँउपालिका वडा नं २ का पार्टी सचिव शेर बहादुर राई, पिपुल्स भोलेन्टियरका कमान्डर तेज बहादुर राई र पवन राईको समेत उपस्थिति रहेको थियो । पार्टीका पूर्व सचिवालय सदस्य सन्तोष मगर र सोलु दुधकुण्ड नगरपालिकाका युवा नेता तेन्जी शेर्पाले समेत आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । पार्टी जिल्लाको विषयमा विस्तृत छलफल आगामी जिल्ला कमिटिको बैठकबाट टुङ्गाउने कुरा जिल्ला कमिटि अध्यक्ष दोर्जी जाङबु शेर्पाले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । उक्त भेला राजधानीको धुम्बाराहीस्थित स्मार्ट क्याफेमा १२ गते शनिबार सम्पन्न भएको थियो ।


