
काठमाडौं /सम्वाददाता
नेकपा एमाले (समाजवादी) पार्टीको भातृ संगठन युवा संघ नेपालको मातहतमा रहेको पिपुल्स भोलेन्टियरका स्वयम्सेवी युवाहरुले यस शनिबार देशकै जेठो त्रिभुवन विश्वविद्यालय परिसरमा फोहोमैला संकलन तथा सरसफाई कार्यक्रम गर्ने भएको छ । पिपुल्स भोलेन्टियरका इन्चार्ज संजिप राईका अनुसार शनिबार बिहान ८ बजे देखि २ घण्टा सम्म “ महिनाको २ दिन, २ घण्टा मेरो, राष्ट्रका लागि ” अभियान अन्र्तगत युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुले स्वेच्छाले राष्ट्रका लागि योगदान दिनेछन् । केही हप्ता अगाडी त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा सरसफाई तथा फोहोरमैला संकलन गरेर प्रशंसा पाएको पिपुल्स भोेलेन्टियरले हजारौ भन्दा बढी युवालाई यस कार्यक्रममा मैदानमा उतार्ने जानकारी दिएको छ । विश्वविद्यालय परिसर धेरै रोपनी क्षेत्रफलमा फैलिएकोले फोहोरमैला संकलन तथा सरसफाइ कार्य गर्न विभिन्न क्षेत्रमा नेतृत्वको रुपमा संगठनका जिम्मेवार नेता तथा कार्यकताहरुलाई कमान्डरको रुपमा परिचालन गरिने पिपुल भोलेन्टियरका एक कमान्डर देब राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।


