
अजिब उत्सुक / काठमाडौं
नेकपा एमाले माधवकुमार नेपाल निकट युवा संघ नेपाल बाग्मती प्रदेश कमिटिको आयोजनामा कोभिड १९ को डेल्टा भेरियट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बाग्मती प्रदेश कमिटिको आयोजना तथा युवा संघ नेपाल जिल्ला कमिटीहरुको संयोजनमा उपत्याका लगायत १० वटै जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको युवा संघ नेपालका प्रवतmा संजिप राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । युवा संघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पैड्यालले काठमाडौंको रत्नपार्कमा एक कार्यक्रमका बीच सचेतना कार्यक्रम उद्घाटन गर्नुभएको थियो । जनचेतना कार्यक्रम अन्र्तगत काठमाडौंको तिन स्थान ललितपुर र भक्तपुरका दुइ्/ दुई साथै प्रदेशका सबै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धी सूचना प्रदान गरिएको थियो । कार्यक्रममा भैतिक दुरी कायम गरी कोभिड १९ को डेल्टा भेरियन्टबाट जोगिन अनुरोध गर्दै माक्स लगाउन अनुरोध गरिनुका साथै वितरण समेत गरिएको कुरा युवा संघ नेपालका उप महासचिव तथा प्रदेश कमिटि इन्चार्ज रोशन थापाले जानकारी दिनुभयो ।


