
शेखर राई/सोलुखुम्बु
नेकपा ( एमाले ) को भातृसंगठन अनेरास्ववियुका जिल्ला स्तरीय भेलाले तेन्जी शेर्पालाई अध्यक्षमा चयन गरेको छ । नेकपा ( एमाले )जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङ्बु लामा, पार्टीका जिल्ला सचिव डिल्ली राई,जिल्ला कमिटी सदस्य मणि कर्ण राई र युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर कटुवालको अपस्थितिमा भेला सम्पन्न गरिएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा साउन २६ गते आयोजना गरिएको भेलाले अखिल सोलुखुम्बुको उपाध्यक्षमा किरण निरौला,सचिव दिवस कुलुङ, सह – सचिवमा सन्तवीर तामाङ, कोपाध्यक्ष मिङमा याङजी शेर्पा, सदस्यमा सुजिता कुलुङ, ज्ञानुमाया नाछिरिङ, थर्चेन शेर्पा, सोनाम तामाङ,विकास राई, प्रबिन कुलुङ, मिस्टर सन्देश राई, मनोज तमाङ,अंचल राई, शैलेन्द्र तमाङ,दायाङ्जी शेर्पा, सुनिल बस्नेत र छिरिङ शेर्पालाई सर्वसम्मत रुपमा चयन गरेको छ । १९ सदस्यीय नयाँ कमिटीले सोलुखुम्बु जिल्लाभर संगठन विस्तार कार्यलाई तीव्र रुपमा अघि बढाउने योजना बनाएको छ । पार्टीमा अन्तर संघर्ष चलिरहेको बेला पार्टीको आधिकारिक कमिटी र निर्णयहरु २०७५ जेष्ठ २ मा फर्कदा रहेको २३ सदस्यीय अखिलको कमिटीमध्ये जम्मा ७ जनामात्र ओली समूहमा लागेको नवनिर्वाचित अध्यक्ष तेन्जी शेर्पाले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।


