
शेखर राई/ काठमाडौं
स्थापना कालदेखि नै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोीलक अखण्डता, जनजिविका एवम युवाहरुका हक र अधिकारको पक्षमा आवाज उठाउदै आएको शक्तिशाली, प्रगतिशील र देशभक्त युवाहरुको साझा संगठन हो युवा संघ नेपाल । यसैबिच संगठन विस्तारको कामलाई तीव्रता दिदै विभिन्न मातहतका कमिटिका भेला र बैठकहरुको मिति संघको केन्द्रिय पदाधिकारीको बैठकको निर्णय अनुसार तोकिएका छन् । जस अनुसार भाद्र १ र २ गते २ नं प्रदेश, भाद्र ३ र ४ गते १ नं प्रदेश, ९ र १० गते बाग्मती प्रदेश, ११ र १२ गते गण्डकी प्रदेश, १५ र १६ गते लुम्बिनी प्रदेश, १७ र १८ गते कर्णाली प्रदेश र १९ गते सुदुरपश्चिम प्रदेशको भेला एवम् बैठकको आयोजना गर्ने निणय गरेको छ ।
यसैगरी भाद्र २० र २१ गते संघको केन्द्रिय सचिवालयको बैठक आव्हान गर्ने निर्णय समेत गरेको छ । वि.सं २०७८ साल साउन मसान्त भित्र नवगठित पिपुल्स भोलेन्टियरको संगठन सबै प्रदेशमा विस्तार गरीसक्ने, भाद्र १० गते भित्र सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पिपुल्स भोलेन्टियर गठन गर्ने कुरा पत्रकार सम्मेलनमार्फत् युवा संघ नेपालले जानकारी दिएको छ । यसको साथै नेकपा एमालेमा हाल भईरहेको अन्तर संघर्ष र देखिएका समस्याको विषयमा संगठनले गम्भिर छलफल गरी पार्टीभित्रको विवाद अबिलम्व समाधान गर्नेतर्फ सम्पूर्ण पार्टी पंक्तीमा अपिल गर्ने निर्णय पनि सार्वजनिक गरेको छ ।


