
प्रदेश नं. १ को विराटनगर स्थित उच्च अदालतको ईलाम ईजालसको कार्यलय सहयोगी कर्मचारीलाई हत्या गरेको नेपाल प्रहरीका असई युवराज बानियाँले गरेको खुलाएको छ ।
त्यही अदालतको मुख्या न्याधिशको सुरक्षा गार्डका रुपमा रहेका ३५ वर्षे बानियाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । अदालतकी कार्यलय सहयोगी सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडां नं. २ घर भई हाल ईलाम ईजालसमा कार्यरत रहेको जनाईएको जिल्ला प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जनाएको छ ।
उत्त घटनाको हत्या अघि महिलामाथि बलात्कार भएको जस्तो देखिएको छ । घटनामा महिलाले लगाएको कपडा करिब घँुडासम्म पुगेको र शव अदालतको बंलेसीमा घोप्टो परेको,चोटपटकसमेत रहेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाको आरोपीको बयानमा भने बलात्कार नै गरेको भन्ने प्रस्ट खुलाईएको छ्रैन् आरोपी बानियालाई कल डिटेल र फेसबुकको माध्यमबाट पक्राउ गरिएको छ । शव पोस्टमार्टमका लागी धरान पठाईएको छ भने बानियालाई थप अनुसन्धानको लागी ५ दिनको म्याद थपिएको जानकारी श्रेष्टले बताउनु भयो ।


